बर्डफ्लू नियन्त्रणबाहिर, लकडाउनको तयारीमा विभाग

नेपालभ्युज

बर्डफ्लू नियन्त्रणबाहिर, लकडाउनको तयारीमा विभाग

काडमाडौं। कुखुराको संक्रामक रोग बर्डफ्लू नियन्त्रणबाहिर गएको सरकारी अधिकारीले बताएका छन्। संक्रमण बढेपछि पशु सेवा विभागले लकडाउनको तयारी गरेको छ।

भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले आज काठमाडौंमा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा पशु सेवा विभागका महानिर्देश डा. रामनन्दन तिवारीले बर्डफ्लू संक्रमण नियन्त्रणबाहिर गएको बताए। उनका अनुसार, गत माघदेखि प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा बर्डफ्लूको संक्रमण बढेको छ। हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स टर्की काग ,प्यारेन्ट कालिज र लौकाटमा पुष्टि भएको उनले जानकारी दिए।

कुखुरापालन हुने देशका मुख्य सहरहरू मोरङ, काठमाडौं, सुनसरी, सिन्धुपाल्चोक, कास्की, उदयपुर, ललितपुर, भक्तपुर, पर्सा ,मकवानपुर,धनुषा र बारामा बर्डफ्लू संक्रमण रफ्तारमा फैलिएको छ। पोल्ट्री व्यवसायीले समयमा नै विभागको सल्लाह मानेर पोल्ट्री लकडाउन जानुको विकल्प नभएको उनको भनाइ थियो।

नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पुरीले लकडाउनको प्रकृतिबारे प्रष्ट पार्न आग्रह गरे। उनले भने, ‘‘तपाईंहरुले ओसारपसार बन्द र लकडाउन भन्नुहुन्छ, त्यो कस्तो हो स्पष्ट पारिदिनुहुन अनुरोध छ।”

नेपाल दाना उद्योग संघका पूर्वअध्यक्ष नारायणहरि खत्रीले विभागले अनुगमन फितलो भएको बताए। उनले एक प्रसंगमा भक्तपुरमा एक ठाँउमा बर्डफ्लु देखिएको तर त्यसनजिकै रहेको अर्को कुखुरा फार्मले मज्जाले कुखुरा बेचिरहेको अवस्था भएको बताउँदै तत्कालै बन्द गर्नु मात्र समस्याको समाधन नभएको तर व्यावसाय पनि रहने खालको संयन्त्र बनाएर नियन्त्रणमा लाग्नुपर्ने सुझाब दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved