प्रधानमन्‍त्रीको बनारस भ्रमण

बनारसको मणिकर्णिका घाट : जहाँ, नेपाल सरकारले पुजारी नियुक्त गर्छ

नेपालभ्युज

बनारसको मणिकर्णिका घाट : जहाँ, नेपाल सरकारले पुजारी नियुक्त गर्छ

बनारस । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आज बनारस जाँदैछन्। उनले बनारसमा काशी विश्वनाथ दर्शनसँगै पशुपतिनाथ मन्दिरको पनि दर्शन गर्नेछन्।

संस्कृत शिक्षाको केन्द्र मानिने बनारस नेपाली यात्रीहरूको पनि आस्थाको केन्द्र हो।

यहाँ काशी विश्वनाथ, काल भैरव, गंगा स्थान, पशुपतिनाथको दर्शन र पितृलाई श्राद्ध तथा तर्पण दिनका लागि पनि नेपालीहरू पुग्ने गर्दछन्।

यहाँस्थित मणिकर्णिका घाटमा नेपाल सरकारद्धारा नियुक्त पुरोहितले पुजा गर्दछन्। लगभग डेढ सय वर्षदेखि यहाँ नेपाल सरकारले नै पुरोहित नियुक्त गर्ने गरेको छ।

नेपाली लाल मोहरिया तिर्थ पुरोहित मुकेश दुबेका अनुसार मणिकर्णिका घाटमा मानिसहरू पितृलाई पिंड- श्राद्ध- तर्पण दिनका लागि आउने गरेका छन्।

नेपालबाट मणिकर्णिका घाटमा आएका सुखवेन्द्र राजवीरले पितृ उद्धार पुजाका लागि यहाँ आएको बताए। यहाँका महन्त र पुरोहितहरूले आज नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्दैछन्।

आजै प्रधानमन्त्रीले नेपाली मन्दिरसँग जोडिएको वृद्धाश्रमको शिलान्यास गर्दैछन्। यो वृद्धाश्रम जिर्णोद्धारका क्रममा छ।

नेपालका कुनै पनि शासकले २ सय ३८ वर्षपछि पहिलोपटक यसरी बनारसमा पूर्वाधारको शिलान्यास गर्न लागेका हुन्।
यसअघि १७८४ मा राजा रणबहादुर शाहले पशुपतिनाथ मन्दिरकै अनुकृति रहनेगरी बनारसमा मन्दिर र धर्मशाला बनाएका थिए।

८४ घाटमध्ये एक
पितृको श्राद्ध र कर्मकाण्ड धेरै घाटाहरूमा हुन्छ। तर मणिकर्णिका त्यस्ता ८४ घाटमध्ये एक हो, जहाँ श्राद्ध गर्दा पितृको उद्धार हुन्छ भन्ने धार्मिक विश्वास छ।

यसलाई शरीरको बीचमा रहेको नाभिस्थलको रुपमा पनि लिन्छ। जसलाई भगवान् विष्णुको नाभी पनि भनिन्छ। पिण्डदानका लागि प्रयाग, काशी र गया निकै चर्चित छन्।

यसमध्ये धेरैजसो नेपालीहरू श्राद्ध र तर्पणका लागि काशी जाने गर्छन्।

जंगबहादुर राणाले आफ्नो शासनकालमा काशी–प्रयाग–गयाका तिर्थस्थलमा आफ्ना मोनोग्राम नियुक्त गरेका थिए, यो प्रक्रिया डेढ सय वर्षदेखि अहिलेसम्म पनि चलिरहेको छ।

पण्डित मुकेश दुबेका अनुसार १९९३ मा राजा वीरेन्द्र पनि काशी विश्वनाथ र काल भैरवको दर्शनमा आएका थिए।

(एजेन्सीको सहयोगमा)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved