गृहमन्त्री खाँण कार्यकारी प्रधानमन्त्री, कार्यवाहक सभापति बने पूर्णबहादुर खड्का

देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्। उनले पार्टीको कार्यवाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन्।

नेपालभ्युज

गृहमन्त्री खाँण कार्यकारी प्रधानमन्त्री, कार्यवाहक सभापति बने पूर्णबहादुर खड्का

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा रहने समयका लागि सरकार र पार्टीको कार्यकारी जिम्मेवारी बाँडेका छन्।

देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन्। उनले पार्टीको कार्यवाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन्।

तीन दिने भ्रमणका लागि शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएसँगै राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिएको जनाएको छ।

यसैगरी, कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति निकालेर सभापति देउवाको अनुपस्थितिमा पार्टीको कार्यवाहक सभापतिको जिम्मा उपसभापति पुर्णबहादुर खडकालाई दिइएको जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved