स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने

नेपालभ्युज

स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने
फाइल तस्वीर

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उम्मेदवारको मनोनयन–पत्र साथ १९ बुँदाको स्वघोषणा गर्नुपर्ने छ। आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था आयोगले गरेको हो।

”आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुन बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाति उम्मेदवार स्वयम् जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,” बुधबारको बैठकपछि आयोगले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

प्रवक्ता पौडेलका अनुसार बुधबार बसेको आयोग बैठकले स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved