गठबन्धन गरी निर्वाचनमा जानुपर्छ, मोरङ २ बाट म उठ्छुः सुजाता कोइराला

नेपालभ्युज

गठबन्धन गरी निर्वाचनमा जानुपर्छ, मोरङ २ बाट म उठ्छुः सुजाता कोइराला

मोरङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन्।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहिसकेकी कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले स्वार्थी नभई पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन्।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रूपान्तरण हुने बताइन्।

एक प्रश्नको जवाफमा उनले पार्टीको १४ औं महाअधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारिन्। नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा पनि गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved