स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न मनमोहनले बनायो नयाँ पाठयक्रम

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न मनमोहनले बनायो नयाँ पाठयक्रम

विराटनगर। मनमोहन प्राविधिक विश्वविद्यालयले  स्नातकोत्तर तहको नयाँ पाठयक्रम निर्माण गरेको छ। नेपालको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र प्रविधिको पहुँच अझै आधारभुत तहभन्दा माथि जान नसकिरहेको अवस्थालाई दृष्टिगत गर्दैदेशमै पहिलोपटक २ वर्षे मास्टर्स तहको नयाँ पाठयक्रम निर्माण गरिएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका उपकुलपति डा. सुभाष श्री पोखरेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझैसम्म अर्धदक्ष जनशक्त्ति प्रयोग गर्नुपर्ने बाध्यता रहेकोले शिक्षित दक्ष जनशक्त्तिको अभाव परिपुर्ति गर्न पाठयक्रम निर्माण गरि कक्षा सञ्चालनको तयारी गरिएको बताए।

‘अभावमा नीजि होस वा सरकारी अझै नेपालको स्वास्थ्य सेवा जिम्मेवार र गुणस्तरीय हुन सकेको छैन। अझै नीति तथा योजना निर्माण अनि प्रविधिको प्रयोगमा विदेशीहरुको भर पर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘आफैले सही सूचना संकलन गरेर विश्लेषण गर्न नसक्दा महत्वपुर्ण सूचनाहरु बाहिर गईरहेका छन। समयमा सही सुचना दिने र भरपर्दो तथ्यांङक राख्ने प्रणालीको प्रयोग भईरहेको छैन। यसैले तमाम समस्याहरु समाधान गर्न अनुभवी विज्ञहरुको टोलीलाई सहभागी गराएर एमटीयूले देशमै पहिलो पटक २ बर्षे मास्टर्स तहको नयाँ पाठयक्रम निर्माण गराउनुपरेको हो।’

उपकुलपति पोखरेलका अनुसार स्वास्थ्य सेवा क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्त्ति उत्पादन भएपछि देशको स्वास्थ्य सेवा क्षेत्रमा नविनतम प्रविधिको अधिकतम प्रयोग बढेर जाने र सही सूचना, तथ्यांङक विश्लेषणको आधारमा उचित योजना निर्माण हुनेछन। जसले गुणस्तरीय नेतृत्व र उचित व्यवस्थापन सहित देशको नीजि तथा सरकारी स्वास्थ्य सेवा क्षेत्रको गुणस्तरमा आमुल परिवर्तन गराउन सहयोग पुर्‍याउने छ।

उपकुलपति पोखरेलले सरकारले स्विकृती प्रदान गरे लगत्तै २०७९ जेठदेखि देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले स्वास्थ्य सेवा क्षेत्रको उक्त्त नयाँ पाठक्रम अनुसार देशमै पहिलो पटक मास्टर्स तहको शैक्षिक सत्र सुरु गर्ने योजना रहेको बताए।

मनमोहनले आफै गरिखान सक्ने जनशक्त्ति उत्पादन गर्नेगरि मनमोहनले निर्माण गरेको पाठयक्रम नेपालका लागि मात्र नभएर अमेरिका लगायतका देशका लागि पनि नयाँ र प्रभावकारी हुने प्रोफेसर डाक्टर संजिव उप्रेतीले बताए। उनले भने, ‘यो कोर्ष पढ्ने विद्यार्थीले स्वास्थ्य सेवा क्षेत्रको नीति निर्माण, व्यवस्थापन र प्रविधि प्रयोगका लागि विश्वमा कतै पनि पछि पर्नुपर्ने छैन। यसैले यो नयाँ भएपनि एकदमै सफल हुनेछ।’

पब्लिक हेल्थदेखी कृत्रिम प्रबिधि सम्म जोड

पाठयक्रम निर्माण टोलीका संयोजक प्रोफेसर डाक्टर सुजनबहादुर मरहठाले स्नातकोत्तर तहका लागि निर्माण भएको नयाँ पाठयक्रमले स्वास्थ्य सेवा क्षेत्रमा योजना निर्माण गर्ने, सूचना संकलन गरेर अध्ययन विश्लेषण गर्ने र प्रविधिको उच्च प्रयोग गरेर सुरक्षा प्रदान गर्नेदेखि व्यावस्थापनमा गुणस्तरिय नेतृत्व प्रदान गर्ने क्षमता अभिबृद्धि गराउने छ।

उनका अनुसार सेमेष्टर प्रणालीमा निर्माण गरिएको मास्टर्स तहको २ बर्षे नयाँ कोर्षले पब्लिक हेल्थ, ईपिडियोमालोजी, डाटाबेस प्रयोग, अस्पताल र परियोजना व्यवस्थापन बारे ज्ञान दिनेछ। यसैगरि स्वास्थ्य जोखिम, प्रविधि सहितको सही सूचना प्रवाह प्रणाली, स्वास्थ्य अर्थतन्त्रदेखि स्वास्थ्य क्षेत्रमा कृत्रिम प्रविधि र उपकरणहरुको अधिक प्रयोगबारे पनि पाठयक्रमले दक्षता प्रदान गर्नेछ।

साथै स्वास्थ्य क्षेत्रमा आवश्यक अविष्कार, विश्वस्तरिय स्वास्थ्य सेवा , र स्वास्थ्य क्षेत्रको दिगो विकासका बारेमा ज्ञानहरु पनि पाठयक्रममा समावेश गरिएको छ।

स्वास्थ्य अर्थविज्ञ डा. मेघराज ढकालले मनमोहनले स्वास्थ्य सेवा क्षेत्रका लागि माष्टर्स तहमा पठनपाठनका निम्ती तयार गरिएको नयाँ पाठयक्रमले अर्काको प्रविधिमा भर परेर नीति निर्माण गर्नुपर्ने स्वास्थ्य क्षेत्रको बाध्यता अन्त्य हुने बताए। उनले नयाँ पाठयक्रमलाई नेपाल सरकारले पनि ग्रहण गर्नुपर्छ सुझाव दिए।

ईन्जिनियर महेन्द्र प्रधानले दक्षता नभई गरिबी निवारण हुन नसक्ने भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्त्तिको अभावले धेरै अस्पतालहरु सञ्चालनमा आउन नसकेको र आएकाहरुको पनि गुणस्तरिय नेतृत्व हुन नसकेको बताए। ईन्जिनियर प्रधानले भने, ‘मनमोहनले निर्माण गरेको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्त्ति उत्पादन गर्ने यो पाठयक्रम देशकै लागि योगदान हुनेछ।’

एमबिबिएस उत्तीर्णहरुले पनि पढ्न पाउने

पाठयक्रम निर्माण टोलीका सदस्य डा. दिपेन्द्र श्रेष्ठका अनुसार स्वास्थ्य सेवा क्षेत्रका अनुभवी विज्ञहरुको टोलीले महिनौ लगाएर देशमै पहिलोपटक मास्टर्स तहको नयाँ पाठयक्रम निर्माण गर्न सफल भएको हो। डा. श्रेष्ठका अनुसार नयाँ पाठयक्रम नेपाल मेडिकल काउन्सिलमा पेश भइसकेको छ।

जसअनुसार एमबिबिएस , आईटी वा अन्य सम्बन्धित बिषयमा स्नातक उत्तीर्ण विद्यार्थीहरुले देशमै पहिलोपटक निर्माण भएको स्वास्थ्य सेवा क्षेत्रको यो नयाँ पाठक्रयम अनुसारको माष्टर्स तह पढन अवसर पाउने छन्।

प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले भने यही बैशाख महिनादेखखि ईन्जिनियरिङ स्कुलतर्फ स्नातक तहको ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स र सिभिल ईन्जिनियरिङ तर्फको पढाई सञ्चालन गर्दैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved