ट्राई-नेशन सिरिज : पीएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

जारी सिरिजमा नेपाल, मलेसिया र पीएनजी सहभागी छन्।

नेपालभ्युज

ट्राई-नेशन सिरिज : पीएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं। आजदेखि काठमाडौंमा शुरु भएको टी-२० ट्राई-नेशन सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीसँग टस हारेर ब्याटिङको निम्तो पाएको छ।

पीएनजीले टस जितेर बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रिएको हो। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ।

यसअघि, पीएनजीसँगको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका रोहित पौडेलले नेपाली टिममा स्थान बनाएका छन्। क्यानको एकदिवसीय टोलीमा मात्रै परेका रोहितलाई टी–२० टोलीमा पनि बोलाइएको हो।

जारी सिरिजमा नेपाल, मलेसिया र पीएनजी सहभागी छन्। सिरिजको पहिलो खेलमा नेपाल र पीएनजीको भिडिरहेका छन्।

नेपालले पीएनजीसँग यसअघि एउटामात्रै टी–२० खेल खेलेको छ। सन् २०१५ मा विश्वकप क्वालिफयरमा नेपाल पीएनजीसँग आठ विकेटले पराजित भएको थियो।

सिरिजमा हरेक टिमले एकअर्कासँग दुई दुई खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली उपाधिका लागि भिड्नेछन्।

नेपाल आज पीएनजीसँग अघिल्लो सिरिजमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ।

यसअघि, त्रिवि क्रिकेट मैदानमै भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल पीएनजीसँग २-० ले पराजित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved