सवारी लाइसेन्सको परीक्षा दिने तीन जना नक्कली परीक्षार्थी पक्राउ

नेपालभ्युज

सवारी लाइसेन्सको परीक्षा दिने तीन जना नक्कली परीक्षार्थी पक्राउ

बुटवल। बुटवलमा सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी तनट्ठ जना नक्करी परीक्षार्थी पक्राउ परेका छन्।

यातायात व्यवस्था कार्यालय बुटवल लिखित परीक्षा शाखाबाट सञ्चालन भएको सवारी लाइसेन्सको लिखित परीक्षामा अर्काको नाममा उनीहरूले परीक्षा दिएको आरोपमा तीन समातिएका हुन्। शनिबार भएको परीक्षामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षीय रामआशीष लोध, अर्घाखाँची मालारानी गाउँपालिका वडा नं ४ का २३ वर्षीय सुशील पोख्रेल र रुपन्देही रोहिणी गाउँपालिका-३ का १९ वर्षीय सूर्यप्रकाश धोबीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई पक्राउ गरी सार्वजनिक कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved