सूर्य नभएर अफ्ठ्यारो पर्दैन, कलमले जितको शुरुआत गरिसक्यो : माधव नेपाल

“कसैकसैलाई लाग्ला– सूर्य चिन्ह नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर,” अध्यक्ष नेपालले भने, “अप्ठ्यारो होइन, हाम्रो जितको शुरुआत भइसकेको छ। कलम चिन्हले जित्न थालिसकेको छ।”

नेपालभ्युज

सूर्य नभएर अफ्ठ्यारो पर्दैन, कलमले जितको शुरुआत गरिसक्यो : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन्।

अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको शुरुआत भइसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गरे।

कसैकसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै नेपालले अप्ठ्यारो नहुने र कलम चिन्ह लिएर जितको शुरुआत भइसकेको बताए।

“कसैकसैलाई लाग्ला– सूर्य चिन्ह नभएको हुनाले अप्ठ्यारो पर्छ कि भनेर,” अध्यक्ष नेपालले भने, “अप्ठ्यारो होइन, हाम्रो जितको शुरुआत भइसकेको छ। कलम चिन्हले जित्न थालिसकेको छ।”

नेकाप (एस)निकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराए।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले बामलोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चलाइरहेको दोहो¥याए।

“वैशाख ३० गतेको चुनावको तयारीमा, स्थानीय तह निर्वाचनको तयारीमा हामीले जुट्नु पर्नेछ,” नेपालले भने, “यो जुट्ने सन्दर्भमा वामपन्थी शक्तिहरुबीच मिलेर जाने, लोकतान्त्रिक शक्तिहरुसँग पनि मिलेर जाने विषयमा छलफल भइरहेको छ।”

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिए। ओलीले सरकारमा हुँदा पनि गफबाहेक अरु केही काम नगरेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved