‘चिसो मान्छे’को टिजर सार्वजनिक

यस फिल्ममा कोरोनाले सिर्जना गरेको व्यक्ति-व्यक्तिबीचको चिसो सम्बन्धको कथा देखाइएको छ।

नेपालभ्युज

‘चिसो मान्छे’को टिजर सार्वजनिक

काठमाडौं। कोरोना महामारीपछि व्यक्ति-व्यक्तिबीच बनेका चिसा सम्बन्धहरूलाई देखाउनेगरी निर्माण भएको फिल्म ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ। दीपेन्द्र के खनालको लेखन र निर्देशनमा तयार भएको फिल्मको शुक्रबार टिजर सार्वजनिक भएको हो।

निर्देशक खनालका अनुसार यस फिल्ममा कोरोनाले सिर्जना गरेको व्यक्ति-व्यक्तिबीचको चिसो सम्बन्धको कथा देखाइएको छ।

टिजरमा स्वस्तिमा खड्का कर्णालीको भेषभूषामा देखिएकी छन्। फिल्मको मुख्य भूमिकामा अर्पण, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी र देशभक्त खनाललगायतका कलाकारहरू रहेका छन्।

कर्णालीको कथामा बनेको फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। फिल्म ३ असारदेखि प्रदर्शनमा आउनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved