केन्द्रीय सदस्य झाप्रति खनिए ओलीः अनुशासनमा नबसे बाटो लाग्न आग्रह

नेपालभ्युज

केन्द्रीय सदस्य झाप्रति खनिए ओलीः अनुशासनमा नबसे बाटो लाग्न आग्रह

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसमक्ष पेस भएको  उजुरी केन्द्रीय सदस्य तथा सांसद रेखा झाले पहिले नै मिडियालाई दिएको भन्दै केन्द्रीय कमिटी बैठकमा रेखाको सातो लिएका छन्।

रौतहटकी समानुपातिक सांसद झाले स्थायी कमिटी सदस्य प्रभु साहविरुद्ध अध्यक्ष ओलीलाई सम्बोधन गरेर उजुरी दिएकी थिइन्, सो पत्र उनले अध्यक्ष ओलीभन्दा अगाडि नै मिडियामा दिएको र आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेपछि अध्यक्ष ओली चिढिएका हुन्।

बिहीबार बैठकलाई समापन मन्तव्य दिँदै अध्यक्ष ओलीले पार्टीको हुर्मत लिने काम नगर्न निर्देशन दिँदै अनुशासनमा नबस्ने भए पार्टी छाडेर जान चेतावनी दिए।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार झाले अध्यक्ष ओलीलाई पत्र बुझाउनुअघि नै पत्रकारलाई दिएकी थिइन्। ठूला नेताको विरोध गर्दा लोकप्रीयता हासिल हुन्छ भन्ने तल्लो स्तरको मानसिकता त्याग्नसमेत अध्यक्ष ओलीले सांसद झाको ध्यानाकर्षण गराए।

“आफ्नो सम्बोधनको प्रारम्भमै अध्यक्ष कमरेडले रेखा झाले मलाई एउटा पत्र दिनुभयो तर म भन्दा पहिला मिडियलाई दिनुभएछ भन्नुभयो। लगत्तै अध्यक्ष कमरेड हल्का आक्रामक बन्नुपर्यो। उहाँले माननीय रेखा झालाई तपाईंले किन यस्तो जग हसाउने काम गर्नुहुन्छ ? पार्टीभित्रका कुरा पार्टीमा राख्ने हो चोकमा होइन,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, “ठूला नेताको विरोध गरेर लोकप्रियता हासिल हुन्छ भन्ने नीच सोच त्याग गर्नुस्। एमाले अनुशासनमा चल्ने पार्टी हो, अनुशासन मान्ने भए पार्टीमा बस्नुस् नभए समयमै आफ्नो बाटो लागे हुन्छ।”

सांसद झाले बोल्न समय माग्दा समेत अध्यक्ष ओलीले बस्नुस भनेर झपारेका थिए। सामान्यतया बैठकमा कुनै पनि केन्द्रीय सदस्यले हात उठाउदा बोल्न दिइन्छ तर उनलाई ओलीले बोल्न नै दिएनन्।

ओलीले अन्य नेताहरुलाई पनि पार्टी लाइनभन्दा बाहिर नजान निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved