विगतका तिता कुरा बिर्सन्छौँ, त्रुटि सच्याउँछौँ : कमल थापा

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता व्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे।

नेपालभ्युज

विगतका तिता कुरा बिर्सन्छौँ, त्रुटि सच्याउँछौँ : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर आगामी दिनमा शसक्त रुपमा अघि बढ्ने बताएका छन्।

आज जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा नेपालसँग अत्यन्तै बलियो र जनताको भावनाको सम्मान गर्ने विचार भएको बताउँदै आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको समेत बताए।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने तर्फ चिन्ता व्यक्त गर्दै थापाले भ्रष्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्ने तर्फ कसैको चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे।

राप्रपा नेपाललाई कांग्रेस, कम्युनिस्टको विकल्पको रुपमा अघि बढाइने भन्दै थापाले आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए।

बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ, भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा आफ्नो–आफ्नो प्रस्तुति दिएका थिए।

बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवंं केन्द्रीय पदाधिकारीहरुको सहभागीता रहेको थियो। बाँकी जिल्ला अध्यक्षहरुको बैठक छिट्टै गरिने राप्रपा सचिवालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved