कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एक घाइते, एक पक्राउ

प्रहरीले खुकुरी प्रहार गर्ने रावलको साथमा रहेका दुईओटा खुकुरी,मोबाइल र केही लागुपदार्थ बरामद गरेको छ।

नेपालभ्युज

कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एक घाइते, एक पक्राउ

काठमाडौं। कैलालीको लम्कीमा एक युवा खुकुरी प्रहारबाट घाइते भएका छन्। आइतबार दिउँसो करीब १ बजे लम्की चोकमा सामान्य विवादका क्रममा खुकुरी प्रहार हुँदा ३५ वर्षीय शेरबहादुर थापा घाइते भएका छन्।

खुकुरी प्रहारबाट थापाको पेटमा चोट लागेको छ भने उनको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय लम्कीले खुकुरी प्रहार गर्ने २३ वर्षीय प्रेम रावललाई नियन्त्रणमा लिएको छ। रावलसँग रहेका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुईओटा खुकुरी,मोबाइल र केही लागुपदार्थ बरामद गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved