प्रकाश सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य, नयाँ भिडिओ अपलोड

नेपालभ्युज

प्रकाश सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य, नयाँ भिडिओ अपलोड
फाइल तस्वीर

काठमाडौं ।  केही दिनअघि युट्युबमा आएको प्रकाश सपुतको गीत ‘पिर’बाट केही दृश्यहरू हटाइएको छ। खासगरी माओवादी सशस्त्र युद्ध र त्यसले देखाएको असरहरू गीतबाट हटाएर नयाँ अपलोड गरिएको छ।

यस गीत युट्युबमार्फत सार्वजनिक गरिएपछि खासगरी नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाउँदै गीतमाथि प्रतिबन्धको माग गरेका थिए। गीतले ‘जनयुद्ध’ को अपमान गरेको भन्दै गायक सपुतको गीत युट्युबबाट हटाइनुपर्ने र उनले माफी माग्नुपर्ने बताएका थिए।

गायक सपुतले पनि माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडिओ अपलोड गरिएको जनाएका छन्।

 

 

यस्तो छ नयाँ अपलोड गरिएको गीतको भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved