किन आयो काठमाडौंमा अमेरिकी सेनाको जहाज ?

प्रवक्ता सिटौलाले एयर फोर्सको कार्गो जहाज नेपाल आउनु कुनै विशेष घटना नभई नियमित भएको बताए। यो पटकसमेत ४ पटक यसरी आइसकेको उनले जानकारी दिए।

नेपालभ्युज

किन आयो काठमाडौंमा अमेरिकी सेनाको जहाज ?

काठमाडौं। अमेरिकी एयर फोर्सको कार्गो जहाज शुक्रबार काठमाडौं आएर फर्किएको छ। बिहान साढे आठ बजे काठमाडौं ल्यान्ड भएको जहाज दिउँसो सवा १२ बजे फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

नेपालमा एमसीसी पारित भएपछि अमेरिकी सेना आउने चर्चाका बीच अमेरिकी एयर फोर्सको कार्गो जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग छाएको छ।

तर, विमानस्थलले भने यो नियमित प्रक्रिया भएको बताएको छ। काठमाडौं आएको कार्गो अमेरिकी एयर फोर्सको कार्गो जहाजले नेपालस्थित अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

सिटौलाले नेपालभ्यूजसँग भने, ‘‘नेपालस्थित अमेरिकी दूतावासको सामग्री लिएर आएको हो। क्लासिफाइड डकुमेन्टहरू लिएर आएको थियो। बिहान साढे आठ बजेतिर ल्यान्ड भएको जहाज सवा १२ बजे फर्किएको हो।’’

प्रवक्ता सिटौलाले एयर फोर्सको कार्गो जहाज नेपाल आउनु कुनै विशेष घटना नभई नियमित भएको बताए। यो पटकसमेत यसवर्ष चार पटक जहाज आइसकेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved