होलीमा चर्चित पुराना नेपाली फिल्मका तीन गीत

नेपालभ्युज

होलीमा चर्चित पुराना नेपाली फिल्मका तीन गीत

काठमाडौं । फागु पूर्णिमा अर्थात् होली पर्व नेपालमा पनि प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइन्छ। हिन्दूहरूको प्रमुख चाडमध्ये एक यो रङको पर्व पूर्णिमाको दिन पहाडी र भोलिपल्ट तराईमा धुमधामसाथ मनाइन्छ।

होली र यससँग जोडिएका केही नेपाली गीत छन्। जुन कालजयी बनेका छन्।

नेपाली फिल्म ‘अधिकार’ मा समावेश ‘होलीले रंगायो मेरो नयाँ चोली’ बोलको गीत नसुन्ने कमै होलान्। २०४९ सालमा आएको प्रकाश थापा निर्देशित यस फिल्मको यो गीत किरण खरेलले लेखेका हुन्। सम्भुजित बास्कोटाको संगीत रहेको गीतमा पूर्णिमा, दीपा नारायण झा, प्रकाश श्रेष्ठलगायतको स्वर छ।

त्यस्तै नीर शाह निर्देशित डायमण्ड शमशेर राणाको उपन्यास ‘वसन्ती’ मा समावेश ‘रातो रातो पहेंलो’ बोलको गीत पनि कुनै जमाना निकै चर्चित छ। अहिले पनि होलीको समयमा यो गीत निकै बज्ने गर्छन्। राजेश हमाल र निरुता सिंहको अभिनय रहेको गीतलाई नीर शाहले लेखेका हुन्। गीतमा ज्ञानु राणा र राजेशपायल राईको आवाज छ।

त्यस्तै नेपाली फिल्म ‘सीता’ मा समावेश ‘होली रे जनकपुरमे होली रे’ बोलको गीत पनि निकै हिट छ। अशोक शर्माको यस फिल्ममा उदितनारायण झाको स्वर रहेको छ। श्रीकृष्ण श्रेष्ठ र सारंगा श्रेष्ठको अभिनय समावेश छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved