व्याख्यात्मक घोषणा कार्यान्वयन नभए आन्दोलन हुन्छ: प्रचण्ड

एमसीसीकै कारण माओवादी फुट्छ कि भन्ने हल्ला चले पनि अहिलेलाई पार्टीभित्र एमसीसीको समस्या समाधान भएको उनले बताए।

नेपालभ्युज

व्याख्यात्मक घोषणा कार्यान्वयन नभए आन्दोलन हुन्छ: प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामा व्याख्यात्मक घोषणा कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सम्झौताकै अंगका रूपमा व्याख्यात्मक घोषणासहित एमसीसी संसद्बाट पारित भएकाले तत्कालका लागि एमसीसीमा देखिएको समस्या समाधान भएको बताउँदै उनले कार्यान्वयनका क्रममा घटाए त्यही आन्दोलनको विषय बन्ने बताए।

‘‘व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रूपमा संसद्बाट पारित भएकाले यो समस्याको समाधान अहिलेलाई निस्किएको छ,” उनले भने, ‘‘कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने आन्दोलनको विषय हुनसक्छ। त्यस्तो नहोस् व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा जाने विश्वास हामीले लिएका छौँ।”

माओवादीले निर्वाचनसम्म एमसीसीको विषयलाई समान धारणा बनाएर अघि बढ्ने र त्यसपछि बहस चलाउने बताए। एमसीसीकै कारण माओवादी फुट्छ कि भन्ने हल्ला चले पनि अहिलेलाई पार्टीभित्र एमसीसीको समस्या समाधान भएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved