हामीले यद्ध कहिल्यै चाहेका थिएनौंः रूसी विदेशमन्त्री

नेपाल भ्युज

हामीले यद्ध कहिल्यै चाहेका थिएनौंः रूसी विदेशमन्त्री

रूसका विदेशमन्त्री सर्गेई लाभरोभले रूसले चलिरहेको युद्ध अन्त्यको माग गरेको र युद्ध कहिल्यै नचाहेको बताएका छन्।

युक्रेन र टर्कीका विदेशमन्त्रीहरूसँगको भेटपछि लाभरोभले कीभको सुरक्षा ग्यारेन्टीमा वार्ता गर्न आफू तयार रहेको पनि बताए। उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच भेटघाटको सम्भावनालाई पनि अस्वीकार गरेनन्। उनले आणविक युद्ध शुरु हुने आफूलाई नलागेको पनि बताएका छन्।

रूस-युक्रेन युद्धको १६ औं दिनमा रूसी सेना कीभ नजिक पुगेको छ। अर्कोतर्फ, संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार रूसको दाबीमा छलफल हुनेछ, जसमा रूसले युक्रेनी भूमिमा अमेरिकी सेनाको जैविक गतिविधि देखेको जनाएको छ।

अर्कोतर्फ, रूसले युद्धमा फसेका सर्वसाधारणलाई बाहिर निकाल्न वा उनीहरूलाई मानवीय सहायता उपलब्ध गराउन हरेक दिन बिहान १० बजे आफ्नो तर्फबाट मानवीय करिडोर निर्माण गर्ने कुरा राखेकोफ छ।

संयुक्त राष्ट्रसंघले यो समय युद्ध प्रभावितलाई सहयोग र ऐक्यबद्धता देखाउने समय भएको बताएको छ। युक्रेनका शिक्षामन्त्रीले रूसले आफ्नो देशका २८० विद्यालय र कलेज ध्वस्त पारेको दाबी गरेका छन्।

रूसले युक्रेनका चार प्रमुख शहरलाई घेरेको छ भने राजधानी कीभको सिमाना नजिक पुगेको छ। रूसी आक्रमण बाबजुद पनि खार्किभ पूर्वमा युक्रेनको साथमा छ।

उत्तरपूर्वी सुमी रूसी सेनाको घेराबन्दीमा रहे पनि मानवीय करिडोरमार्फत हजारौं मानिस सकुशल बाहिर निस्कन सफल भएका छन्। रूसले कीभमा कडा निगरानी राखेको छ र शहरको सिमानामा चारैतिरबाट रूसी सैनिकका गाडीहरू देखिएका छन्। पछिल्लो दुई दिनमा युक्रेनको सुमी र कीभबाट ८० हजार मानिसलाई विस्थापित गरिएको छ।

भाष्करबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved