चुनाव रंगले होइन, कर्मले जितिन्छ : पौडेल

नेपाल भ्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनाव रंगले जित्ने नभई आफूले गरेको कर्मको आधारमा जनमतबाट जित्ने प्रतिक्रिया दिएका छन्।

स्थानीय तह निर्वाचनमा मतपत्रमा हरियो रङको चुनाव चिन्ह छाप्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिलाई नेता पौडेलले खण्डन गरेका हुन्।

”चुनाव रंगले जितिने होइन, आफूले गरेको कर्मको आधारमा जनताले मत दिएर जित्ने हो। बहुमतको सरकारले विगतमा जनताका लागि के–कति कर्म गर्यौं रु फर्केर हेर्नुहोस्। हिजो गरेको कर्मको आधारमा आज र आजको आधारमा भोलिको निर्माण हुन्छ। रोइकराई गरेर जनतामा भ्रम छर्नुको कुनै अर्थ छैन,” उनले ट्विटरमा लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved