राज्यका प्रमुख ठाउँमा महिला पुगे, तर नेतृत्व विकास भएन : मन्त्री झाँक्री

मन्त्री झाँक्रीले सहभागीले मात्रै महिला समक्ष भए भन्न नमिल्ले तर्क गरिन्।

नेपालभ्युज

राज्यका प्रमुख ठाउँमा महिला पुगे, तर नेतृत्व विकास भएन : मन्त्री झाँक्री

काठमाडौं। राज्यका प्रमुख ठाउँमा महिलाहरु पुगेको भए पनि नेतृत्व विकास हुन नसकेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताएकी छन्।

महिला सुरक्षा दवाव समूहद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सहभागीले मात्रै महिला समक्ष भए भन्न नमिल्ले तर्क गरिन्।

त्यसैगरी, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले महिलाहरु नेतृत्वमा पुग्दासमेत महिलाहरुको नेतृत्वलाई अझै सहज रुपमा स्वीकार गर्न नसकेको दुखेसो पोखिन्।

महिला अधिकारको कुरा गर्दा काठमाडौंलाई हेरेर मात्र नहुने भन्दै गाउँघर र दूरदराजका समस्याहरुलाई समेत सरकारले प्रथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। उपमेयर खड्कीले अब गृहणीहरुलाई समेत भत्ताको व्यवस्था गरिनुपर्ने माग गरिन्।

समूहको संस्थापक सदस्य दुर्गा घिमिरेले ११२ वर्ष अघिदेखि शुरु भएको आन्दोलनले निकै उपलब्धि हासिल भएको बताइन्। राजनीतिमा महिलाहरूको संख्यात्मक वृद्धि भए पनि गुणात्मक रुपमा अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved