नेप्सेमा सामान्य गिरावट कारोबार रकम पनि घट्यो

नेपालभ्युज

नेप्सेमा सामान्य गिरावट कारोबार रकम पनि घट्यो

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। आज परिसूचक ३ दशमलव ६६ अंकले घटेर दुई हजार ५४३ दशमलव ३९ अंकमा पुगेर बजार बन्द भएको छ।

पछिल्लो केही दिनयता घट्दै गएको शेयर बजारमा आज कारोबारमा आएका २३० कम्पनीमध्ये पाँच कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ। आज शिवम् सिमेण्ट, रिलायन्स लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनिभर्सल पावर कम्पनी र पाँचथर पावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ।

यस दिन कारोबार रकममा पनि उच्च गिरावट आएको छ। आज धितोपत्र बजारमा कारोबारमा आएका २३० कम्पनीको दुई अर्ब ४९ करोड रुपैयाँको ५१ लाख ३९ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।

शेयर बजारमा अप्रत्याशित गिरावट आउन थालेपछि केही समययता लगानीकर्ताहरू पनि स्थिर बनेका छन्। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार १३ ओटै उपसमूहको शेयर मूल्य ओरालो लागेकोमा उक्त दिन ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको ७६ लाख ५२ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved