महासचिवमा सहमति नजुट्दा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

महासचिवको टुंगो लगाउन पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरूबीच छलफल जारी छ।

नेपालभ्युज

महासचिवमा सहमति नजुट्दा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं। आइतबारका लागि तय भएको नेकपा माओवादी केन्द्रीय समितिको स्थगित भएको छ। बैठक भोलि(सोमबार) बिहान ११ बजे बस्नेगरी स्थगित भएको हो।

यसअघि आज बिहान ११ बजे तय गरिएको बैठक आन्तरिक छलफल गर्न दिउँसो २ बजेका लागि सारिएको थियो।

बैठकले पदाधिकारी र स्थायी समिति चयन गर्नेछ। उक्त बैठकले एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्षलगायत केही केन्द्रीय सदस्य चयन गर्नेछ। तर, अन्य पदभन्दा महासचिव को बन्ला भन्ने चासो बढेको छ। महासचिवमा पछिल्लो समयमा जनार्दन शर्मा र वर्षमान पुनको चर्चा छ।

आज आन्तरिक छलफलमा महासचिवलगायत पदाधिकारीमा सहमति जुट्न नसक्दा बैठक स्थगित भएको एक नेताले बताए।

महासचिवको टुंगो लगाएर बस्नेगरी आजको बैठक स्थगित भएकोमा पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरूबीच छलफल जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved