मानव अधिकार उल्लंघनका घटनाहरु व्याप्त छन् : मुख्यमन्त्री पाण्डे

मानव अधिकार रक्षकहरुले नै आफ्नो भूमिका दुरुपयोग गरिरहेको समेत मुख्यमन्त्री पाण्डेले आरोप लगाए। धेरै जसोले राम्रो काम गरे पनि केही मानव अधिकार रक्षकहरुले आफ्नो भूमिका बिर्सिएको उनको आरोप छ।

नेपालभ्युज

मानव अधिकार उल्लंघनका घटनाहरु व्याप्त छन् : मुख्यमन्त्री पाण्डे

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अझै पनि समाजमा मानव अधिकार उल्लंघनका घटनाहरु व्याप्त रहेको बताएका छन्। शुक्रबार मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

सबैभन्दा धेरै मानव अधिकार उल्लंघनका घटनाहरु महिला र पुरुषलाई बराबर अवसर नदिँदा हुने गरेको उनले बताए।

“समाजमा धेरै किसिमका हिंसाहरु रहँदा रहँदै पनि राजनीतिक दलका प्रतिनिधिहरु नै बोल्न डराउने गरिएको छ,” मुख्यमन्त्री पाण्डेले भने, “अन्यायविरुद्ध बोल्दा भोट घट्छ भन्ने मानसिकता राजनीतिक दलका प्रतिनिधिमा रहेको छ।”

मानव अधिकार रक्षकहरुले नै आफ्नो भूमिका दुरुपयोग गरिरहेको समेत उनले आरोप लगाए। धेरै जसोले राम्रो काम गरे पनि केही मानव अधिकार रक्षकहरुले आफ्नो भूमिका बिर्सिएको उनको आरोप छ।

“बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा पढेर समुदायिक क्याम्पसमा भर्ना भएका छात्राहरुलाई छात्रावृत्तिको व्यवस्था गर्ने निर्णय गरेको छ,” उनले भने, “जसका लागि प्रदेश सरकार एक अर्ब रुपैयाँ बजेट खर्च गर्न तयार रहेको छ।”

राष्ट्रिय मनवअधिकार आयोगले देशका सात ओटै प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धी प्रादेशिक सम्मेलन एक साथ शुरु गरेको हो। कार्यक्रममा ३० भन्दा धेरै संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved