बार महासचिवको दाबी: कुनै हालतमा जबराविरुद्धको महाअभियोग पास हुन्छ

पौडेलले भने, “संसद्बाट पास हुँदैन भन्नेमा दुविधा छैन, पास हुन्छ। कुनै पनि हालतमा पास हुन्छ।”

नेपालभ्युज

बार महासचिवको दाबी: कुनै हालतमा जबराविरुद्धको महाअभियोग पास हुन्छ

काठमाडौं। संसद्ले कुनै पनि हालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लागेको महाभियोग पास गर्ने नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले बताए।

बिहीबार नेपाल बार एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने, “संसद्बाट पास हुँदैन भन्नेमा दुविधा छैन, पास हुन्छ। कुनै पनि हालतमा पास हुन्छ।”

नेपाल बार एशोसिएशनको १५ औं अलित नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८को घोषणापत्रमा समेत निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरुद्धको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा प्रस्तुत भएको र अब जुनसुकै अवस्थामा जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न नसक्ने उद्घोषण गरेको थियो।

बारमा सबै पार्टीका कानून व्यवसायीको प्रतिनिधित्व रहेको र राष्ट्रिय सम्मेलनमा सर्वसम्मत रुपमा घोषणापत्र पास भएको उनले बताए। उनले भने, “सबैले एक स्वरमा पास गरेको घोषणा गरेको हो। राजनीतिक रूपमा काम गरेका छैनौँ। हामी बहुमत र अल्पमतमा निर्णय गरेका होइनौँ। सर्वसम्मत निर्णय हो। नेपाली जनताको निर्णय हो, नेपालको सबै राजनीतिक दलको निर्णय हो। त्यसकारण संसद्ले पास गर्छ।”

प्रतिनिधि सभामा महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बित भएका प्रधानन्यायाधीश जबरा विरुद्धको प्रस्ताव उपर यथाशिघ्र कारबाही शुरू गर्न प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेको नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। उनले भने, “हामीले हिजो (बुधबार) न्यायपालिका सुधारको लागि संसद्मा महाभियोगको प्रस्ताव दर्ता गर्ने र समर्थकसँग सिफारिस समिति गठन र छलफल गर्न आग्रह गरेका थियौँ। महाभियोग प्रस्तावकहरूले महाभियोगको प्रस्ताव चाँडै अगाडि बढाउन आश्वासन दिनुभएको छ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved