सभामुखलाई ओलीको सुझाव : राजीनामा दिनुस्, संसद्ले निकाल्यो भन्ने नहोस्

“महाअभियोग ल्याउँदैन भन्ने पनि छैन, ल्याउन सक्छ। ल्याउँछ नै भन्ने पनि छैन, उहाँले राजीनामा गर्नुभयो भने नल्याउन पनि सक्छ,” ओलीले भने।

नेपालभ्युज

सभामुखलाई ओलीको सुझाव : राजीनामा दिनुस्, संसद्ले निकाल्यो भन्ने नहोस्

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्।

एमसीसी पास भएपछि पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले सभामुख सापकोटालाई राजीनामा दिन सुझाव दिन आग्रह गरेका हुन्।

‘सभामुखमाथि महाअभियोगबारे धारणा के हो?’ भन्ने नेपालभ्यूजको प्रश्नमा ओलीले सभामुखमाथि महाअभियोग नल्याउने भन्ने नभएको बताए।

“महाअभियोग ल्याउँदैन भन्ने पनि छैन, ल्याउन सक्छ। ल्याउँछ नै भन्ने पनि छैन, उहाँले राजीनामा गर्नुभयो भने नल्याउन पनि सक्छ,” ओलीले भने, “हामी उहाँको राजीनामा पर्खिरहेका छौँ। ससम्मान बहिर्गमित हुनुस्, ससम्मान हट्नुस्।”

ओलीले सापकोटाका क्रियाकलापहरु अनुचित भएको बताए। तर त्यो अनुचित क्रियाकलापहरुलाई सच्याउने तथा कस्तो समयमा कतिखेर निर्णय लिने भन्ने कुरा एमालेले विचार गर्ने उनले बताए। भने, “कमसेकम संसद्ले निष्काशन गर्नुपर्यो भन्ने नहोस्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved