वीरेन्द्रनगरमा कर्फ्यू, उल्लंघन गरे सुरक्षाकर्मीले गोलीसमेत चलाउने

नेपालभ्युज

वीरेन्द्रनगरमा कर्फ्यू, उल्लंघन गरे सुरक्षाकर्मीले गोलीसमेत चलाउने

सुर्खेत। एमसीसी पारित भएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि कर्फ्यु जारी गरिएको छ।

सोमबार (आज) राति सवा ८ बजेदेखि भोलि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दिउँसो ठाउँठाउँमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो। त्यस क्रममा प्रहरीले केही सेल अश्रुग्यासमेत प्रहार गरेको थियो। आन्दोलनकारीले गरेको ढुंगामुढाका कारण केही प्रहरी घाइते पनि भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

एमसीसी पास भएको विरोधमा साना ८ राजनीतिक दलले गरेको नेपाल बन्दका कारण सुर्खेत तनावग्रस्त बनेको हो। बन्द सफल गराउन आएकाले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालयमा आगजनीसमेत गरेका थिए। आगो प्रहरीले नियन्त्रणमा लिएको थियो।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved