एमाले प्रक्रियामा सहभागी नहुने, सरकारलाई एमसीसी पास गर्न सहज

विगत सात महीनादेखि संसद् अवरुद्ध गर्दै आएको एमाले प्रक्रियामा सहभागी नहुँदा एमसीसी पास गर्न थप सहज वातावरण बन्नेछ।

नेपालभ्युज

एमाले प्रक्रियामा सहभागी नहुने, सरकारलाई एमसीसी पास गर्न सहज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमाले एमसीसी सम्झौता अनुमोदनको प्रक्रिया अघि बढाउने प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गर्ने भएको छ।

विगत सात महीनादेखि संसद् अवरुद्ध गर्दै आएको एमाले प्रक्रियामा सहभागी नहुँदा एमसीसी पास गर्न थप सहज वातावरण बन्नेछ।

एमसीसी अनुमोदनका लागि संसद्मा सहभागी हुने वातावरण सरकारले नबनाएकाले आज पनि संसद् अवरुद्ध गर्ने एमाले संसदीय दलका नेता सुबास नेम्वाङले बताए।

सत्ता साझेदार दलहरूले व्याख्यात्मक टिप्पणी गरेर आजै संसद्बाट एमसीसी पास गर्ने सहमति गरेका छन्।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तोकिए पनि बैठक बस्न ढिलाइ हुने भएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved