इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको जित, बराबरीमा रोकियो युनाइटेड

इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध १–० को जित निकालेको छ।

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको जित, बराबरीमा रोकियो युनाइटेड

काठमाडौं। इंग्लिस प्रिमियर लिग (ईपीएल)मा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध १–० को जित निकालेको छ। शनिबार राति एभर्टनको मैदानमा सम्पन्न खेलमा सिटीले जित निकालेको हो।

सिटीको जितमा फिल फोडेनले गोल गरे। उनले खेलको ८२औँ मिनेटमा गोल गरेका हुन्। यो जितसँगै सिटीले प्रिमियर लिगको शीर्षस्थानमा ६६ अङ्क बनाएर छ अङ्कको अग्रता कायम गरेको छ। यता शनिबार रातिका लागि तोकिएको चेल्सी र लेस्टर सिटीको खेल भने रोकिएको छ। चेल्सीले आज राति काराबाओ कपको फाइनलमा लिभपरपुलको सामना गर्नुपर्ने भएकाले सो खेल स्थगित भएको हो।

गए रातिकै अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले वाटमाफेर्डसँग गोलरहित बराबरी खेलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved