टी–२० श्रृखला: पाहुना टोली श्रीलङ्कासँग भारत विजयी

श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी भएको छ। लखनउमा गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्कासँगको खेलमा घरेलु टोली भारतले ६२ रनले जितेको हो ।

नेपालभ्युज

टी–२० श्रृखला: पाहुना टोली श्रीलङ्कासँग भारत विजयी

काठमाडौं। श्रीलङ्कासँगको पहिलो टी–२० मा भारत विजयी भएको छ। लखनउमा गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्कासँगको खेलमा घरेलु टोली भारतले ६२ रनले जितेको हो।
भारतले दिएको २ सय रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो। श्रीलङ्काका चारिथ असलन्काले अविजित ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।

दुश्मन्था चामिरा २४ रनमा अविजित रहे। भारतका भुवनेश्वर कुमार र भेन्कातेस आयरले दुई÷दुई विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा दुई विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। भारतका इशान किशनले ८९ रन तथा श्रेयस एयरले अविजित ५७ रनको अर्धशतकीय पारी खेले।

कप्तान रोहित शर्माले ४४ रन बनाए। श्रीलङ्काका लाहिरु कुमारा र डसुन शनकाले एकएक विकेट लिए। जितसँगै भारतले तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved