प्रतिनिधिसभा बैठक स्थगित गरी देउवा र ओली छलफलमा

एमसीसीकै कारण सत्ता साझेदार दलहरूबीचको विवाद झनै पेचिलो बन्दै गएको छ। आजै मात्रै नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सम्मानित नेता खनालले छुट्टै छलफल गरेका थिए।

नेपालभ्युज

प्रतिनिधिसभा बैठक स्थगित गरी देउवा र ओली छलफलमा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको अनुरोधमा प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  छलफलमा जुटेका छन्।

प्रतिनिधिसभा भवन बानेश्वरमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतपक्षी नेकपा एमालेका अध्यक्ष ओली छलफलमा जुटेका हुन्। नेपाली कांग्रेसको तर्फबाट सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा तथा एमालेको तर्फबाट ईश्वर पोखरेल र सुबास नेम्वाङ पनि उक्त बैठकमा सहभागी छन्।

उक्त समसामयीक राजनीतिक अवस्था, सत्ता गठबन्धन र अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल भइरहेको बताइएको छ।

एमसीसीबारे छलफलका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएकोमा २ बजे मात्रै सूचना टाँस गरी बैठक स्थगित गरिएको थियो। एमसीसीकै कारण सत्ता साझेदार दलहरूबीचको विवाद झनै पेचिलो बन्दै गएको छ।

आजै मात्रै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले छुट्टै छलफल गरेका थिए। उक्त छलफलमा माओवादी र एकीकृत समाजवादीका सांसद्लाई एमसीसीको विपक्षमा ह्विप गर्ने सहमति भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved