संसद् बैठकअघि प्रचण्ड, नेपाल र खनालको छलफल

अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप दिने निष्कर्ष बैठकले निकालेको छ।

नेपालभ्युज

संसद् बैठकअघि प्रचण्ड, नेपाल र खनालको छलफल

काठमाडौं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूले एमसीसीको विषयमा छलफल गरेका छन्।

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच एमसीसीको बारेमा छलफल भएको हो।

छलफलमा एमसीसीको बारेमा आफ्नो पार्टीले बिना संशोधन पास हुन नदिने धारणा बनाएको र पार्टीका नेताहरूलाई अहिलेकै स्थितिमा पास गर्ने भए एमसीसीको विपक्षमा मतदान गर्न ह्वीप दिने नेता खनालले बताए। उनले एकीकृत समाजवादी शुरुदेखि नै परिमार्जनबिना एमसीसी पास गर्न नदिने पक्षमा रहेको बताए।

त्यस्तै बैठकमा सहभागि नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले एमसीसीको विपक्षमा मतदान गर्ने कुरामा छलफल भएको बताए। उनले संसदमा हुने एमसीसीको छलफलमा भाग लिने र त्यसको लागि सभामुखलाई संसद्मा भइरहेको अवरोधलाई हटाउनका लागि आग्रह गर्ने पनि बताए।

सरकारले गत ८ फागुनमा एमसीसी छलफलका लागि संसद्मा पेश गरिसकेको छ। सरकारले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्नका लागि संसदमा पेश गरेपनि सत्तारुढ दलहरू नै एमसीसीको विपक्षमा उभिएका छन्। एमसीसी यथा स्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी बिरुद्ध आन्दोलन गर्दै आएको छ। त्यस्तै सत्तारुढ अर्को दल राष्ट्रिय जनमोर्चाले एमसीसी नेपालको हीतमा नभएको दाबी गर्दै कुनै पनि हालतमा एमसीसी पास गर्न नुहने अडान राख्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved