ओलीका ‘दृष्टान्त’ : बिरालोजस्तो माओवादी, कुँडो खाएर अघाएको भैँसीजस्तो कांग्रेस

बिरालो पाल्नुपर्दैन, बिरालोलाई दूध र भात दिनुस्, त्यो बिरालो उता बस्न छोडेर यतै बस्छ। मैले कुनै पार्टीलाई भनेको छैन, मात्रै बिरालोको चरित्र भनेको हुँ।

ओलीका ‘दृष्टान्त’ : बिरालोजस्तो माओवादी, कुँडो खाएर अघाएको भैँसीजस्तो कांग्रेस

काठमाडौं । केपी शर्मा ओलीले विभिन्न समयमा दिएका भाषणहरू समेटेएिको पुस्तक समवेत दृष्टी आज विमोचन भएको छ। कांग्रेस, माओवादीलगायतका प्रतिस्पर्धी दललाई विभिन्न समयमा ओलीले गरेका व्यङ्ग्य दृष्टान्तका रुपमा यस पुस्तकमा समावेश गरिएको छ।

समय–समयमा माओवादीलाई गरिएको व्यंग्य यस्तो छ :
– बिरालो पाल्नुपर्दैन, बिरालोलाई दूध र भात दिनुस्, त्यो बिरालो उता बस्न छोडेर यतै बस्छ। मैले कुनै पार्टीलाई भनेको छैन, मात्रै बिरालोको चरित्र भनेको हुँ।

– एउटा बाख्राको पाठालाई बोर्डिङ हाल्दिनुस्, पाँच वर्ष बोर्डिङमा पढाउनुस् म्याँ भन्दा माथितिर गर्दैन । किनभने त्यसका पुर्खाले गर्न सकेको थिएन, जेनेटिक मेमोरी’’ उसले म्या म्या मात्रै पाएको छ।

– माकुरा जालोमा झिँगा पर्ने हो, भैसी पर्दैन ।

– केको वाइसियल र युथफोर्सको भिडन्त हुन्छ ? खुकुरी र टाउकोको मुठभेड भन्ने ?

हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन।

– के माओवादी चित्रगुप्त हो। उसको खाताबाट मान्यता प्राप्त गरेपछि मात्रै अनुमोदित हुने।

कांग्रेसलाई उनले भनेका छन् :

– नेपाली कांग्रेसले यसो हेर्दाखेरि के खायो थाहा छैन। टन्न घाँसकुँडो खाएपछि भैसीले मुख चपाएर बस्छ नि, मतलबै नभएको जस्तो । नेपाली कांग्रेस त्यस्तै भइरहेको छ, कुँडो खाएर अघाएको भैसीजस्तो।

– किष्किन्धाका बाँदरहरुसँग मित्रता गरेर रावणसँग लड्न सकिएला, रामसँग सकिँदैन। यो कुरा कांग्रेसले बुझे हुने हो।

पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईलाई उनको व्यङ्ग्य छ :

कतिपय पढेलेखेका बुद्धिजीवि भन्ने गर्छन्, म माक्र्सवाद मान्दिनँ। पुल बनाउनेले भन्छ, मलाई प्लेन चलाउन मन लागेको छैन। जानेकै छैन, अनि के चलाउँछ ? माक्र्सवाद मान्दिनँ भन्नेले बुझेकै छैन, अनि मान्दिनँ भन्छ। बुझेको भए पो मान्नु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved