बैतडीमा टिपर दुर्घटनामा चारको मृत्यु, पाँच जना घाइते

नेपालभ्युज

बैतडीमा टिपर दुर्घटनामा चारको मृत्यु, पाँच जना घाइते
सांकेतिक तस्वीर

बैतडी । बैतडीको पाटनमा आज भएको टिपर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन्। राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। अन्य तीनको घटनास्थलमा ज्यान गएको हो।

दुर्घटनामा पाटन नगरपालिका–३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त छन्। उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चारजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नम्बरको टिपर झाडीमालीमा दुर्घटनामा परेको हो। विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेका थिए। टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो । टिपर चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved