ए डिभिजन लिगमा जावलाखेल विजयी

नेपालभ्युज

ए डिभिजन लिगमा जावलाखेल विजयी

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले जीत हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले हिमालयन शेर्पालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

जावलाखेलको जीतमा रुपबहादुर लामा र ओन्गुना जुनियरले एक–एक गोल गरे। हिमालयन शेर्पाका तर्फबाट अमृत श्रेष्ठले एक गोल फर्काए।

खेलको १५औँ मिनेटमा रुपबाहनुरले पहिलो गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए, ७१औँ मिनेटमा हिमालयनका खेलाडी अमृतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ८८औँ मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जीत दिलाए। यस जीतसँगै जावलाखेल रेलिगेसन जोनबाट जोगिएको छ। १२ खेलमा १४ अङ्क जोड्दै जावलाखेल अङ्क तालिकाको दशौं स्थानमा उक्लेको छ। समान १२ खेल खेलेको हिमालयनले १३ अङ्क जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved