देशका लागि किचलो बनेको एमसीसी सरकारबाट टाढै रहनुपर्छः मन्त्री झाँक्री

नेपालभ्युज

देशका लागि किचलो बनेको एमसीसी सरकारबाट टाढै रहनुपर्छः मन्त्री झाँक्री

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले गठबन्धनक राजनीतिक प्रणालीको रक्षाको लागि चाहेर वा नचाहेर बनेको बताइन्। एमसीसीजस्ता विषय नेपालको आन्तरिक राजनीतिमा किचलो गर्न ल्याइएको पनि उनले बताइन्।

सरकामा आफू मन्त्रिपरिषद्को सदस्य रहेको नताले प्रधानमन्त्रीको एमसीसीको धारणा मन्त्रीपरिषद् सदस्य रहुन्जेलसम्म आफ्नो पनि धारणा भएको उनले बताइन्। मन्त्री झाँक्रीले एमसीसीजस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहनु उचित हुने पनि बताइन्।

त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शशांक काइरालाले एमसीसी नेपालले पारित गर्नुपर्ने बताए। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरू बारम्बार भनिरहेको पनि बताए। सांसद कोइरालाले एमसीसी पास भएमा अहिलेको गठबन्धन टुट्नेमा दुई मत नरहेको दाबीसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved