हेटौंडामा बन्दको प्रभाव सामान्य, सुरक्षाकर्मीको बाक्लो उपस्थिति (फोटोफिचर)

हेटौंडामा बन्दको प्रभाव सामान्य, सुरक्षाकर्मीको बाक्लो उपस्थिति (फोटोफिचर)

सम्झना रिजाल । बागमती प्रदेशको राजधानी हेटौंडामा बन्दको आंशिक प्रभाव देखिएको छ।

अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौताको विरोधमा साना छ कम्युनिष्ट दलले आज नेपाल बन्द घोषणा गरेका हुन्।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपालगायत विभिन्न दलले गरेको बन्दका कारण हेटौंडामा सवारी साधनको चाप कम छ भने व्यवसाय खासै चलेका छैनन्।

लामो दुरीका सवारी साधन कम मात्र चलेका छन्। बजारभित्र छोटो दूरीका सवारीसाधन चले पनि लामो दूरीका साधन कम चलेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए। बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी परिचालन बढाइएको उनले बताए।

बन्दका कारण आज हेटौंडाका क्याम्पस तथा विद्यालयहरू पनि खुलेका छैनन्। बजारका केही पसलहरू खुले पनि धेरैजसो पसल भने बन्द छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved