मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गर्‍यो

नेपालभ्युज

मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गर्‍यो
प्रतिकात्मक तस्वीर

हेटौंडा। मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

हेटौंडा–४ स्थित पासा चटामरी हाउसबाट २० बोतल लागूऔषध ओमरेक्स र गाँजासहित दुई जनालाई पक्रेको छ। पक्राउ पर्नेमा हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ का १८ वर्षीय अभिषेक मोक्तान छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार उनीहरूको साथबाट २० बोतल ओमरेक्स र २० ग्राम गाँजासमेत फेला पारेको छ।

यस्तै प्रहरी चौकी लेवटको टोलीले हेटौंडा–३ बसामाडीका ३३ वर्षीय अशोक विश्वकर्मालाई लागूऔषध गाँजासहित पक्रेको छ।

उनले घरमा लुकाइराखेको अवस्थामा २ किलो ८०० ग्राम गाँजा फेला पारेको हो। लागूऔषधसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved