कोरोना अपडेट : थपिए ६८० नयाँ संक्रमित, दुई जनाको निधन

पछिल्लो समय एक हजार ८३५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।

नेपालभ्युज

कोरोना अपडेट : थपिए ६८० नयाँ संक्रमित, दुई जनाको निधन

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ। आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल परीक्षण गरिएकामध्ये ६८० जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय एक हजार ८३५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।

योसँगै निको हुनेको सङ्ख्या नौ लाख ४२ हजार ७३७ पुगेको छ। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ४०० जना रहेका छन्।

विगत २४ घण्टामा दुई जनाको सङ्क्रमणको कारणले निधन भएको छ। अहिलेसम्म ११ हजार ९०२ जनाको सङ्क्रमणका कारणले निधन भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved