सर्लाहीमा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

नेपालभ्युज

सर्लाहीमा घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

सर्लाही । बागमती नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। अर्का एक जना एक जना घाइते भएका छन्। शनिबार (आज) बिहान बागमती नगरपालिका-२ धरहरामा घर बनाउने काम गर्ने क्रममा मजदुरको करेन्ट लागेर मृत्यु भएको हो।

दुर्घटनामा परी सोही ठाउँका २१ वर्षीय दीपक कुमार महतो घाइते भएका छन्। उनकोअहिले उपचार भइरहेको प्रहरीले जनाएको छ। घरको छत ढलानका लागि फलामे डण्डी मिलाउने क्रममा करेन्ट लागेर बागमती नगरपालिका-८ खुजुरेचोकका अन्दाजी २५ वर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved