एकल पुरुषलाई पनि भत्ता दिने गाउँपालिकाको निर्णय

गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो। गाउँपालिकाले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रूपैयाँ विनियोजन गरेको छ।

नेपालभ्युज

एकल पुरुषलाई पनि भत्ता दिने गाउँपालिकाको निर्णय

चितवन। चितवनको इच्छाकामना गाउँपालिकाले एकल महिलासहित एकल पुरुषलाई पनि भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ।

गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर ७० वर्ष नपुगेका अविवाहित महिला तथा ६० वर्षदेखि ७० वर्षसम्मका एकल पुरुषको लगत संकलनको काम शुरू गरेको छ। वडा कार्यालयबाट नामावली संकलनका शुरू गरिएको हो। यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यको सूची बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ।

गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो। गाउँपालिकाले यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रूपैयाँ विनियोजन गरेको छ। यसै वर्षबाट उनीहरूलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो। गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुञ्जेल कुनै सुविधा नदिइने भएकाले उनीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको गाउँपालिका प्रमुख गुरुङले बताइन्।

पालिकाले यसअघि कृषकलाई कुखुराको चल्ला वितरण, छोरी जन्माउनेलाई १० हजार रूपैयाँ खातामा राख्नेजस्ता महत्वपूर्ण काम गरिसकेको छ। विकास निर्माणसँगै सामाजिक काममा गाउँपालिका अग्रसर भएर लागेको उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved