२८ सय विन्दूमा झरेर अडियो शेयर बजार, अन्योलमा लगानीकर्ता

नेपालभ्युज

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार २८ सय विन्दूमा झरेर अडिएको छ। आज ११ दशमलव ९६ अंकले नेप्से परिसूचक घटेर बजार दुई हजार ८०१ दशमलव ५६ विन्दूमा बन्द भएको छ।

स्थानीय तहको निर्वाचन घोषणा भएपछि बजार बढ्ने अनुमान धेरैले गरे पनि त्यसले बजार प्रभावित नभएपछि लगानीकर्तामाझ अन्योल बढेको छ। अघिल्लो साता दुई हजार ९०० विन्दू नाघेको बजार यस साता करीब एक सय अंकले घटेको हो। आइतबार बजार घटेर दुई हजार ८४२ विन्दूमा पुगेको बजार यस साता सामान्य उतारचढावकाबीच घटेको हो।

आज १३ मध्ये वित्त, म्युचअल फण्ड र अन्यबाहेक सबै उपसमूहको शेयर घटेको छ।

बजारमा उतारचढाव देखिएपछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास देखिएको छ। जसकारण अन्योलकैबीच आज कारोबार पनि घटेको छ। लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा हुँदा आज ३ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved