माओवादीको केन्द्रीय समिति बैठक भोलि

नेपालभ्युज

माओवादीको केन्द्रीय समिति बैठक भोलि

काठमाडौं। नेकपा माओवादी केन्द्रको भोलि बस्ने केन्द्रीय समितिको बैठकको तयारी पुरा भएको छ। प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय तह निर्वाचन, एमसीसी परियोजना लगायतका विषयमा छलफल हुने छ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जानकारी दिए। गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरे पनि माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन।

गत पुस ११ गतेदेखि १८ गतेसम्म काठमाडौंमा आयोजित आठौँ महाधिवेशन २३६ जना केन्द्रीय सदस्य चयन गर्दै सकिएको थियो। ती केन्द्रीय सदस्यहरूको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved