नेपालले यूएईमा एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने

नेपालभ्युज

नेपालले यूएईमा एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन-२ अन्तर्गतको एकिदिवसीय त्रिकोणात्मक सिरिज आउँदो मार्चमा यूएईमा खेल्ने भएको छ।

लिग डिभिजन-२ अन्तर्गत खेलका लागि यूएईले नेपाल र पीएनजीसहित त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो। यो सिरिजमा ती ओटै टिमले एकअर्कासँग दुई-दुई खेल खेल्नेछन्। खेलतालिकाअनुसार नेपालले मार्च १६ मा पीएनजी र १८ मा यूएईसँग खेल्नेछ। त्यसैगरी मार्च २१ पीएनजी र २२ मा यूएईसँग दोस्रो खेल हुनेछ।

नेपाली टिमका टिम व्यवस्थान विनोद दासले भने मार्चको मध्यमा यो सिरिज आयोजना हुने भनेर आईसीसीबाट आधिकारिक जानकारी प्राप्त भए पनि खेलतालिका भने नआएको नेपालभ्यूजलाई बताए।

यो लिग डिभिजन-२ सहभागी सात टिममध्ये शीर्ष तीन टिमले सन् २०२३ मा भारतमा आयोजना एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ।

लिग डिभिजन-२ को अंकतालिकामा आठ खेलबाट आठ अंक नै रहेको नेपाल छैटौं स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको २२ खेलमा २९ अंक छ। प्रत्येक टिमले यो प्रतियोगितामा अन्य सबै ६ टिमसँग चार चार खेल गरी २४ खेल खेल्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved