रोनाल्डो बने इन्स्टाग्राममा ४० करोड फलोअर्स हुने पहिलो व्यक्ति

नेपालभ्युज

रोनाल्डो बने इन्स्टाग्राममा ४० करोड फलोअर्स हुने पहिलो व्यक्ति

काठमाडौं। पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा ४० करोड फलोअर्स पुग्ने विश्वकै पहिलो व्यक्ति बनेका छन्।

विश्वका हालसम्मकै महान् फुटबल खेलाडीमध्येका एक मानिने रानाल्डोले सामाजिक सञ्जालमा यो अर्को कोसेढुङ्गा पार गर्न सफल भए। खेलाडी मात्र होइन विश्वमा हालसम्मका कुनै व्यक्तिको इन्स्टाग्राममा ४० करोड फलोअर्स छैनन्।

इङ्ग्लिस क्लब म्यान्चेष्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डोले यसै हप्ता मात्र आफ्नो ३७ औँ जन्म जयन्ती मनाए। सन् २०२१ को सेप्टेम्बरमा नै २३ करोड सात लाख फलोअर्स कटेपछि नै इन्सटाग्राममा उनी सर्वाधिक फलो गरिने व्यक्तिमा परेका थिए। जुन आँकडा मात्र चार महीनामा बढ्दै गएर हाल ४० करोड नाघेको छ।

रोनाल्डोपछि इन्स्टाग्राममा सर्वाधिक फलो गरिने दोस्रो व्यक्तिमा अमेरिकी मोडल केल जेनर रहेकी छिन्। उनको ३० करोड आठ लाख फलोअर्स छन्।

हाल खेलिरहेका दुई स्टार फुटबल खेलाडी मध्येका अर्का अजेन्टाइन फरवार्ड लियोनल मेस्सीको भने यसै महीना मात्र इन्स्टाग्राममा फलोअर्सको संख्या ३० करोड छोएको थियो।

यो दौडमा तेस्रो स्थानमा रहेका मेस्सीको ३० करोड आठ लाख फलोअर्स छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved