पैंतीस लाख ठगी गर्ने सहकारी सञ्चालक पक्राउ

नेपालभ्युज

पैंतीस लाख ठगी गर्ने सहकारी सञ्चालक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। नेपाल प्रहरीले ३५ लाख ६८ हजार रुपैयाँ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौं स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरीद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिए।

काठमाडौं जिल्ला अदालतको विसं २०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महीना कैद सजाय र बिगोबमोजिम ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved