दाङमा एक कोरोना संक्रमितको मृत्यु

नेपालभ्युज

दाङमा एक कोरोना संक्रमितको मृत्यु
सांकेतिक तस्वीर

दाङ। पश्चिम दाङका एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन्। गत १६ माघदेखि पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो।

उनको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिए। यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ। २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।

हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेशनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ।

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved