झापाको सबैभन्दा बढी जनसंख्या मेचीनगरमा

नेपालभ्युज

झापाको सबैभन्दा बढी जनसंख्या मेचीनगरमा

झापा। राष्ट्रिय जनगणना २०७८ अनुसार झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ।

मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ। त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ। विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ।

सबैभन्दा सानो पालिका हल्दिबारी हो जसको जनसङ्ख्या ३३ हजार ५४ रहेको छ। बुधबार सार्वजनिक भएको जनगणना रिपोर्टअनुसार अर्जुनधारा ९८४,४२९०, बाह्रदशी ९३७,९१६०, भद्रपुर ९७०,८२३०, बुद्धशान्ति ९५२,९११०, गौरादह ९६०,५९८०, गौरीगञ्ज ९३६,०५८०, हल्दिबारी ९३३,०५४०, झापा ९३९,३७२०, कचनाकबल ९३९,३७२०, कमल ९५३,७१००, कनकाई ९५३,०८८० र शिवसताक्षी ९७३,४६०० रहेको छ।

नयाँ जनगणना २०७८ अनुसार झापाको जनसङ्ख्या ९ लाख ९४ हजार ९० रहेको छ। जसमा महिला पाँच लाख १६ हजार ५९४ र पुरुष चार लाख ७७ हजार ४९६ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved