माधव नेपालले दिए राष्ट्रियसभामा निर्वाचित गठबन्धनका नेतालाई बधाई

नेपालभ्युज

माधव नेपालले दिए राष्ट्रियसभामा निर्वाचित गठबन्धनका नेतालाई बधाई
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनकातर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरूलाई बधाई दिएका छन्।

उनले शुभकामना सन्देश जारी गर्दै विजयीहरूलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका हुन्। उनले पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यसहित गठबन्धनबाट विजयी सदस्यलाई बधाई व्यक्त गरेका हुन्।

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह, केन्द्रीय सदस्यहरू उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved