कांग्रेसले मलाई फसाउन सहकारी ठगी प्रकरण उचाल्योः उपप्रधानमन्त्री लामिछाने

नेपालभ्युज

कांग्रेसले मलाई फसाउन सहकारी ठगी प्रकरण उचाल्योः उपप्रधानमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारी पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए । बुधवार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए ।

उनले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए । उपप्रधानमन्त्री लामिछानेले कांग्रेसले आफूलाई गलत देखाउन सहकारी  ठगी प्रकरणलाई उचालेको आरोप समेत लगाए । काँंग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो ।

‘के मैले कांग्रेसले भनेर राजीनामा दिनुपर्ने । काँग्रेस, जो नेपाली जनतालाई नक्कली भूटानी बनाएर बेचेको आरोपमा जेल गएर आयो, उसलाई केन्द्रिय नेताबाट निकाल्न सक्दैन । अनि उसले भनेर मैले राजीनामा दिने ? मेरो पार्टीमा त ईतिहास छ । प्रमाणित भएको पनि होइन ‘ उपप्रधानमन्त्री लामिछानेले भने, ‘त्यो अडियो मेरै हो भनेर सांसदले स्वीकार गरिसके त्यसको ७२ घण्टामा कारबाही गर्ने पार्टी सभापति हुँ म । हेक्का रहोस् ।’

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved