‘ह्यारीकी प्यारी’ को सुटिङ शुरू, जितु नेपाल मुख्य भूमिकामा

नेपालभ्युज

‘ह्यारीकी प्यारी’ को सुटिङ शुरू, जितु नेपाल मुख्य भूमिकामा

काठमाडौं । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ को सुटिङ शुरू भएको छ। सोमबार पर्वतको एक मन्दिरमा शुभ मुहुर्त गर्दै फिल्मको छायांकन शुरू गरिएको हो। रोमान्टिक कमेडी जनराको उक्त फिल्मको निर्देशन कपिल रिजालले गर्दैछन्। फिल्ममा जितु र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका रहने छ। जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनाललगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ।

लामो समय टेलीशृंखला जिरे खुर्सानीमा अभिनय गरेका जितुले दीपा/दीपक समूहसँग मिलेर आधा दर्जन फिल्ममा अभिनय गरिसकेका छन्। दीपा/दीपक समूहसँग अलग्गिएर गर्न लागेको जितुको यो पहिलो फिल्म हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved